मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु

   ६ आश्विन २०७९, बिहीबार १६:०६  

६ असोज, मकवानपुर । मकवानपुरमा मिनिबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको मिनिबस दुर्घटना भएको छ ।

ठाडो मोडबाट मिनिबस दुर्घटना भई सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।