धोवीघाटस्थित कबाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते
५ असोज, ललितपुर । ललितपुरको धोबीघाटस्थित एक गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।
धोबीघाटस्थित रहेको एक कबाडी गोदाममा भएको आगलागीमा परेर घाइते भएका तीनै जनालाई उपचारको लागि स्टार अस्पतालमा पठाएपनि सो अस्पतालमा उपचार सम्भव नभएकोले थप उपचारका लागि तीनै जनालाई कीर्तिपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय नागरिक बच्चु साहले सञ्चालन गर्दै आएको कबाडी गोदाममा आगलागी भएको हो । आगलागीबाट गोदाममा भएका अधिकांश सामान जलेर पूर्णरुपमा नष्ट भएको महानगरीय प्रहरीले जनाएको छ ।






