दार्चुलामा बाढीपहिरोबाट ९१ परिवार प्रभावित, ४० घर अझै जोखिममै
द नेपाल मिडिया
२७ भाद्र २०७९, सोमबार १२:३२
२७ भदौँ, दार्चुला । दार्चूलामा आएको बाढीपहिरोमा परेर ९१ परिवार प्रभावित बनेका छन् ।
शुक्रबार राति भएको अविरल वर्षापछि आएको बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । दार्चुलाको लास्कु खोलामा आएको बाढी पहिरोबाट ४२ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।
यस्तै, ४० घर बाढीपहिरोको जोखिममा रहेको छ भने ९ घरमा आंशिक क्षति पुगेको छ । पहिरोमा परेर घाइते भएका ८ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।






