थप १०४ जनामा कोरोना पुष्टि, २०१ जना संक्रमणमुक्त

२६ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ५ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, यो अवधिमा १ हजार ९ सय ९५ जनाको एन्टिजेन विधिबाटर परीक्षण गर्दा १५ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
यस्तै, विगत २४ घण्टामा थप २ सय १ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।