आगामी निर्वाचनका लागि १ लाख १५ हजार म्यादीका लागि भर्ना खुल्यो
द नेपाल मिडिया
२६ भाद्र २०७९, आईतवार १२:४५
२६ भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशको चुनावका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना हुने भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले १ लाख १५ हजार म्यादी प्रहरीका लागि आवेदन खुलाएको छ । १८ वर्षमाथि र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीको जागीरका लागि आवेदन पाउने भन्दैँ आज एक विज्ञप्ति जारी गरिएको छ ।
यसअघि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न स्वीकृति दिएको सकेको छ । आज जारी गरिएको सूचनाका आधारमा आगामी असोज १४ गते (शुक्रबार)सम्म आवेदन फर्म दिइसक्नु पर्नेछ । दरखास्त फारम देशका सबै प्रहरी कार्यालयहरुमा पाइनेछ ।
यस्तै, म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैंया पारिश्रमिक तोकिएको छ । जसमा ४० दिनको कुल ३४ हजार ७ सय ६० प्राप्त गर्नेछन् ।