राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्दै नेविसंघको प्रदर्शन

   २६ भाद्र २०७९, आईतवार ११:५८  

२६ भदौँ, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नरेको भन्दैँ आज बिहान नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेको छ ।

राष्ट्रपति भण्डारीको पुत्ला दहन गरी प्रदर्शन गर्ने क्रममा प्रहरी र नेविसंघका विद्यार्थीबीच ढुंगा हानाहान समेत भएको स्रोतले जनाएको छ ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीको विरुद्धमा संघले प्रदर्शन हो ।

यस्तै, नेपाल विद्यार्थी संघले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आसपास यातायात आवतजावतमा समेत समस्या भएको स्रोतले जनाएको छ ।