करणी आरोपी सन्दीप राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित
२४ भदौँ, रौतहट । नाबालिगलाई बलात्कृत गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट निलम्बन गरेको छ ।
१७ वर्षीया किशोरीलाई होटलमा लगेर पटक पटक जबरजस्ती करणी गरेको अभियागमा सन्दीपविरुद्ध गत भदौँ ५ गते प्रहरीमा उजुरी परेको थियो । करणी आरेपी सन्दीपविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएलगत्तै बसेको क्यानको बैठकले लामिछानेलाई निलम्बन गरेको छ ।
नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा उजुरी परेको र निजमाथि थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा सन्दीपलाई निलम्बन गरिएको नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिले जनाएको छ ।
यस्तै, सन्दीप लामिछानेलाई २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो ।