१६० केजी गाँजासहित मकवानपुरबाट एक जना पक्राउ

   २३ भाद्र २०७९, बिहीबार १३:३०  

२३ भदौँ, मकवानपुर । मकवानपुरबाट १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका १८ चनौलीका ४३ वर्षीय टेक बहादुर गुरुङको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी भैसेबाट खटिएको प्रहरीले चुनियाबाट हेटौंडातर्फ आउँदै गरेको बा.२० च ६८ नम्बरको कारलाई भिमफेदी गाउँपालिका २ भैसेस्थित सडकमा रोक्न खोज्दा नरोकी भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कारको पछाडि गर्दा बागझोरा पुगेपछि कारसहित निजलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीमाथि लागूऔषध बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।