धनुषाका दुई जना युवती मृत अवस्थामा फेला
२२ भदौँ, धनुषा । धनुषामा दुई जना किशोरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
धनुषाको नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा सोही नगरपालिका ७ स्थित डेवडिया बस्ने १८ वर्षीया पूजा महरा र भारतको मधुवनी हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा मृत अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार मंगलवार दिउँसो जंगलमा घाँस काट्न भन्दै घरबाट निस्किएका उनीहरु अबेर साँझसम्म घर नआएपछि दुवै जनाको खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको थियो ।
मृत दुवै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना शंकास्पद रहेकोले यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






