थप २२१ जनामा कोरोना पुष्टि
२० भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४ हजार ५८ जनाको परीक्षण गर्दा १२२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने ९९ जनामा एन्टिजेन संक्रमण देखिएको छ ।
यस्तै, यो अवधिमा थप २०६ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर २ हजार ४ सय ४४ जना संक्रमित उपचाररत रहेको छन् ।
त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको मृत्यु नभएपनि हालसम्म १२ हजार ७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






