थप १४२ जनामा कोरोना पुष्टि, २३० जना संक्रमणमुक्त
१९ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ७ सय ५६ जनाको पीसीआर परीक्षण गर्दा १ सय १६ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा १ हजार ६ सय ९४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा एन्टिजेन संक्रमण देखिएको छ । त्यसैगरी, बितेको २४ घण्टामा २ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा २ हजार ५ सय २८ जना संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






