रोल्पामा दम्पती मृत अवस्थामा फेला
१६ भदौँ, रोल्पा । रोल्पाको माडीमा दम्पती मृत अवस्थामा फेला परेका छन् ।
माडी गाउँपालिका वडा नम्बर ३ तालावाङमा (राङ्सी)का २५ वर्षीय श्रीमान दुर्गाबहादुर पुन र उनकी ३७ वर्षीया श्रीमती पार्वती पुन मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्थानीय जयलाल डाँगीको घरमा मजदुरी गरी बस्दैँ आएका उनी दुवै जना बुधबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी दुवै जनाको शरीरमा चोटपटक देखिएको र घाउ खत समेत देखिएकोले दम्पतीको हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






