तीजको नाचगान हेर्न क्रममा झडप हुँदा युवकको मृत्यु

   १५ भाद्र २०७९, बुधबार ११:३६  

१५ भदौँ, सुर्खेत । तीजको अवसरमा भएको नाचगान हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

नाचगान हेर्ने क्रममा मंगलबार राती युवाहरुबीच झडप हुँदा वीरेन्द्रनगरपालिका १० स्थित बामेखोलाका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा जिसीलाई केही युवाहरु मिलेर निर्घात कुटपिट गरेको कारण उनी गम्भीर घाइते भएका थिए । घाइते भएका जिसीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ ।

यस्तै, घटनामा संलग्न भएका आरोपीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।