आज थपिए २५७ जना संक्रमित, एक जनाको मृत्यु
१४ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, २ हजार ४ सय ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४४ जनामा एन्टिजने संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६ सय ८८ पुगेको छ ।
त्यसैगरी, वितेको २४ घण्टामा थप २ सय ३२ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा ३ हजार १ सय ४६ जना संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ ।






