चट्याङ लागेर गरुडाको मलाहीमा तीन जनाको मृत्यु

   १४ भाद्र २०७९, मंगलवार १०:३५  

१४ भदौँ, रौतहट । आज बिहान वर्षासंगै परेको चट्याङ लागेर रौतहटको गरुडा नगरपालिकामा तीन जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाही गाउँका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खेतमा काम गर्ने क्रममा चट्याङ लागेर ७० वर्षीया जगिया कुमारी, ३९ वर्षीया सुदनीया देवी र १८ वर्षीया मनिषा कुमारीको मृत्यु भएको छ ।

मंगलबा बिहान ८ बजे परेको चट्याङ लागेर एउटै गाउँको तीन जनाको मृत्यु हुदाँ सिंगो गाउँ नै शोकमा डुबेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख डीएसपी बरुण सिंहले जानकारी दिए ।

यस्तै, खेतमा काम गरिरहेकी ४० वर्षीया सैलीदेवी सामान्य घाइते भएकी हुन् । घाइते भएकी सैलीदेवीको उपचार भइरहेको छ ।