थप २२६ जनामा कोरोना पुष्टि, २२३ संक्रमणमुक्त

   १३ भाद्र २०७९, सोमबार १८:१८  

१३ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा २ हजार ४ सय ८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हाल सम्म नेपालमा कोरोना संक्रमितको कुलसंख्या ११ लाख ४७ हजार ४ सय ३० पुगेको छ ।

यस्तै, यो अवधिमा थप २ सय २३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३ हजार २ सय ३५ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।