रौतहटबाट बेवारिसे अवस्थामा २०४ किलो गाँजा बरामद
१३ भदौँ, रौतहट । बेवारिसे अवस्थामा रौतहट प्रहरीले २०४ किलो गाँजा फेला पारेका छन् ।
अवैध रुपमा गाँजा भारतर्फ लैजादै गरेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल वेस क्याम्प गौरबाट रुपमा खटिएको टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
रौतहटको गौर नगरपालिका २ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकोमा बेरिएको गाँजा छोडेर तस्करले प्रहरीलाई देख्न साथै फरार भएका थिए ।
बेवारिसे अवस्थामा बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालयमा ल्याई यसबारे थप अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्त सुनिल मल्ले जानकारी दिए ।






