कपिलवस्तुमा सवारी दुर्घटना हुँदा १६ जना घाइते

   १२ भाद्र २०७९, आईतवार १७:१३  

१२ भदौँ, कपिलवस्तु । कपिलवस्तुमा टिपर र हाइस एक आपसमा ठोक्किदाँ घाइते भएका १६ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

दाङको तुलसीपुरबाट तौलिहवा हुँदै काठमाडौं जाँदै गरेको बा ३ ख ६६६० नम्बरको हाइस र तौलिहवाबाट गोरुसिंगे तर्फ जाँदै गरेको ना ८ ख ६६९७ नम्बरको टिपर एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाइस चालकसहित हाइसमा सवार ४ जनाको अवस्थामा गम्भीर रहेको छ । गम्भीर घाइते भएका चारै जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा पठाइएको छ ।

यस्तै, अन्य घाइते भएकाहरुको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

आइतबार दिउसो गोरुसिंगे-तौलिहवा सडकखण्ड अन्तर्गतको जंगलमा हाइस र टिपर एक आपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

घटनाबारे अनुसनधान भइरहेको छ ।