करेन्ट लागेर विराटनगरमा एक जनाको मृत्यु
१० भदौँ, मोरङ । मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको विराटनगर महानगरपालिका १ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान विराटनगर महानगरपालिका ११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।
घाइते भएको कामतलाई उपचारको लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






