थप ४४४ जना कोरोना पुष्टि
९ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ९ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा २ हजार ९ सय ५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३३ जनामा एन्टिजेन संक्रमण देखिएको छ । त्यसैगरी, बितेको २४ घण्टामा थप ३ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएका छन् ।
हाल देशभर ४ सय १ सय ९९ जना संक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






