बिहान ९ बजेदेखि सुरु भएको गठबन्धनको बैठक अझै जारी

   ९ भाद्र २०७९, बिहीबार १२:३३  

९ भदौँ, रौतहट । सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

आगामी मंसिर ४ गते (आइतबार) हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि टिकट बाँडफाँटको विषयमा छलफल हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा बिहीबारसम्म टुङ्गो लगाउने जनाइएको छ ।

बिहीबार बिहान ९ बजेदेखि सुरु भएको बैठक अझै जारी नै रहेको छ ।