मोटरसाइकल दुर्घटनामा परेर वीरगञ्ज ९ का सह सचिवको मृत्यु
द नेपाल मिडिया
९ भाद्र २०७९, बिहीबार १०:४३
९ भदौँ, पर्सा । पर्सामा मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहसचिवको मृत्यु भएको छ ।
जिल्लाको ठोरी गाउँपालिकामा बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्यालयबाट छुट्टि लिएर ठोरी ३ सिकारीबासमा आफन्तलाई भेट्न गएका बिष्टको घर फर्कदैँ गरेको बेला दुर्घटनामा परेर घटनास्लथमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।






