थप ४८७ जनामा कोरोना संक्रमण, ४२९८ जना उपचाररत
द नेपाल मिडिया
८ भाद्र २०७९, बुधबार १६:४४
८ भदौँ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण गर्दा जम्मा २ सय ४२ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, यो अवधिमा २ हजार ३ सय ७१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४५ जनामा एन्टिजने संक्रमण देखिएको छ ।
यस्तै, बितेको २४ घण्टामा थप १ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् ।
हाल देशभर ४ हजार २ सय ९८ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।