गाँजासहित एकजना पक्राउ

   ८ भाद्र २०७९, बुधबार १२:५६  

८ भदौँ, महोत्तरी । गाँजासहित बर्दिवासबाट एक जना पक्राउ परेका छन् ।

महोत्तरीको बर्दिवासबाट लागूऔषध गाँजासहित सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर ११ माधोपुरका २६ वर्षीय पिताम्बर साहलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग. १ ख ९०३० नम्बरको महाकाली डिलक्स बस रोकी चेक गर्ने क्रममा बसमा लुकाई छिपाई राखिएको अवस्थामा प्लाष्टिकभित्र ३ किलो ९६ ग्राम अवैध लागुऔषध गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

गाँजासहित पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।