बालिकालाई बलात्कार आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ

   ७ भाद्र २०७९, मंगलवार ११:२३  

७ भदौँ, कैलाली । जबरजस्ती करणी आरोपमा कैलालीबाट वृद्ध पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका ८ घर भएका ६२ वर्षीय गणेश सिंह ठकुरीलाई बलात्कार गरेको अभियोगमा हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ९ वर्षीया र ७ वर्षीया दुई बालिकालाई बलात्कृत गरेको आरोपमा ठकुरीलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।