करणी आरोपमा ललितपुरबाट एक जना पक्राउ
द नेपाल मिडिया
५ भाद्र २०७९, आईतवार १३:५९
५ भदौँ, ललितपुर । करणी आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
३० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका ५ लेलेका ३४ वर्षीय इन्द्र नगरकोटीलाई प्रहरीले हिरासतमा लिएको छ ।
गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर पाएलगत्तै प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले आरोपीलाई शनिबार साँझ पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






