इन्धनको मूल्य नघटाएको भन्दै संसदीय समितिमा निवेदन

   ३ भाद्र २०७९, शुक्रबार १६:४५  

३ भदौँ, रौतहट । आयल निगमविरुद्ध संसदीय समितिमा राष्ट्रिय उपभोक्ता मञ्चले उजुरी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै शुक्रबार आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

बितेको ३ महिनादेखि लगातार अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य घट्दै आएको र इन्डियन आयल कर्पोरेसनले पनि २ महिनादेखि नेपाल आयल निगमलाई घटेकै मूल्यमा इन्धनको आपूर्ति गरेपनि पनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दैँ संसदीय समितिमा आज उजुरी परेको स्रोतले जनाएको छ ।