करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते
३ भदौँ, तनहुँ । तनहुँमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ भने आमा घाइते भएका छन् ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका २ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पाको निस्दी गाउँपालिका ५ घर भई हाल शुक्लागण्डकी नगरपालिका २ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माछा मार्ने क्रममा बिहीबार करेन्ट लागेर घाइते भएका तीनै जनालाई उपचारका पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याएपनि बुवा-छोराको गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, घाइते भएकी दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ ।






