आजदेखि प्लास्टिकको झोला प्रयोगमा रोक

   १ भाद्र २०७९, बुधबार ११:४२  

१ भदौँ, रौतहट । प्लाष्टिकको झोला प्रयोगमा भदौँ १ गते (आज) देखि सरकारले पूर्ण रुपमा रोक लगाएको छ ।

प्रयोग गर्दाै आएको ४० माइक्रोन भन्दाँ पातलो प्लाष्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाएको वातावरण विभागले बुधबार एक सूचना जारी गर्दै जानकारी गराएको छ ।

प्लाष्टिकको झोला प्रयोग गरिएको पायो भने कानुनी कारवाही समेत हुने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, गते माघ १७ नै प्लाष्टिकका झोला प्रतिबन्ध गरेपनि कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमन गर्न नसकेकोेले कर्डाइका साथ कार्यन्वयनमा समस्या भएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।