माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँ
१ भदौँ, रौतहट । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको स्थानीय समिति बैठक बस्दैँ छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजे माओवादीको केन्द्रीय बैठक बस्न लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्रको चुनाव चिन्हबाटै नेपाल समाजवादी पार्टी र नेतृत्वको राष्ट्रिय एकता अभियानले पनि मंसिर ४ मा हुने निवाचन लड्न सहमत भएको विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
यस्तै, मंगलवारको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चिह्न गोलाकारभित्रको हँसिया हथौडामा निर्वाचन लड्न स्वीकृती दिने निर्णय गरेको थियो ।






