बुटवलस्थित एक होटलमा दुई जना मृत फेला

   ३१ श्रावण २०७९, मंगलवार १०:४३  

३१ साउन, रुपन्देही । बुटवलस्थित एक होटलमा दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५वर्षीय सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षीया पुष्पा मृत अवस्थामा भेटिएकी हुन् ।

होटलमा आइतबार राति संगै बसेका उनीहरुले सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।