मोटरसाइकलको ठक्करबाट चितवनमा एक वृद्धाको मृत्यु

   २७ श्रावण २०७९, शुक्रबार १२:४३  

२७ साउन, चितवन । मोटरसाइकलको ठक्करबाट चितवनमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका ६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट बाटोमा हिडिरहेकी एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेर स्थानीय ८२ वर्षीया फुलमाया राइको ज्यान गएको छ ।

प्यारीढापबाट भण्डारा तर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले शुक्रबार बिहान ९ बजेतिर ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालकलाई हिरासतमा लिई दुर्घटनामा अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।