एमबीबीएस अध्ययनका लागि विदेशी जाने विद्यार्थीको सङ्ख्या बढ्यो
द नेपाल मिडिया
२६ श्रावण २०७९, बिहीबार १८:१५
२६ साउन, रौतहट । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा ६ गुणाले बढेको छ ।
आयोगले आज भक्तपुरको सानो ठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताए ।
यस वर्षपनि नेपालमा २ सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताए ।
उनले नेपालमा यो वर्ष २१ वटा संस्थामा १ हजार ८ सय ९५ विद्यार्थीले एमबिबिएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताएका हुन् ।