ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु
द नेपाल मिडिया
२६ श्रावण २०७९, बिहीबार १२:१३
२६ साउन, चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका २९ जुगेडीमा बुधबार राति ८:३० बजेतिर भएको दुर्घटनामा परेर अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएको छ । भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकको ठक्करबाट ती युवकको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, ट्रक सहित चालकलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।






