चरेशसहित सशस्त्र प्रहरीका एक जना जवान पक्राउ

   २४ श्रावण २०७९, मंगलवार १६:२४  

२४ साउन, कैलाली । कैलालीबाट चरेशसहित सशस्त्र प्रहरी बलका एक जना जवान नै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश जोशी रहेको कैलालीका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

डिएसपी जोशीका अनुसार धनगढी भन्सार नजिकैको सिटी होटलबाट गणेशलाई डेढ किलो चरेशसहित सोमबार साँझ नै हिरासतमा लिएको हो । पक्राउ परेका गणेश सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनीको मुख्यालयमा कार्यरत थिए ।

हिरासतमा रहेको उनीमाथि यसबारे अनुसनधान भइरहेको जिल्ला प्रहरी कैलालीले जनाएको छ ।