करणी आरोपमा संखुवासभाबाट एक जना पक्राउ

   २४ श्रावण २०७९, मंगलवार १३:१५  

२४ साउन, संखुवासभा । करणी आरोपमा संखुवासभाबाट एक युवक पक्राउ परेका छन् ।

१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका ९ पिलखोलाका २१ वर्षीय दीपक शेर्पालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

मादी नगरपालिका ६ पुलुङस्थित सामुदायिक जंगलमा ती युवतीलाई बलात्कार गरेको भन्दैँ पाएको सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले सोमबार साँझ निजलाई नियन्त्रणमा सलएको छ ।

पक्राउ परेका आरोपीमाथि घटनाबारे आवश्यक थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।