आज थप ७६० जनामा कोरोना पुष्टि

   १९ श्रावण २०७९, बिहीबार १६:४४  

१९ साउन, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार विगत २४ घण्टामा २ हजार ५ सय ८ढ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ९४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, यो अवधिमा ३ हजार ३ सय ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६६ जनामा एन्टिजेन संक्रमण देखिएको छ । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६ सय १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, बितेको २४ घण्टामा थप ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा ५ हजार ६ सय २ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, यो अवधिमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।