साउन २२ गतेदेखि दल दर्ताको प्रक्रिया सुरु हुने: निर्वाचन आयोग
१९ साउन, रौतहट । आगामी मंसिर ४ गते निर्वाचन हुने निर्णय भएसंगै आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु हुने भएको छ ।
साउन २२ गते (आइतबार)देखि राजनीति दल दर्ता प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकमा आगामी मंसिर ४ गते संघीय तथा प्रदेशसभाको निर्वाचन हुने निर्णय गरेको छ ।
यस्तै, आगामी मंसिर ४ गते (आइतबार) हुने चुनावमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।






