मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय
द नेपाल मिडिया
१९ श्रावण २०७९, बिहीबार १५:१८
१९ साउन, रौतहट । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
यस्तै, सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ गते (आइतबार) चुनाव गर्न सहमत भएका थिए ।