पदिय मर्यादा विपरीत कार्यालयमै मस्ती
१८ साउन, रौतहट । रौतहटको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृतले आफ्नो पदीय दायीत्व बिर्सदा अहिले सामाजिक संजालमा बेइज्जतीको सामना गर्नु परेको छ ।
मौलापुर नगरपालिकाका प्रशासकिय अधिकृत रामबाबु प्रसाद साहका श्रीमतीले बनाएको टिकटकको भिडियो र फोटो सामाजिक संजालमा भाइरल भएको हो । कार्यकक्षमा श्रीमान श्रीमतीले रमाउदै बनाएको भिडियोको तस्वीर अहिले निकै चर्चामा रहेको छ ।
प्रमुख प्रशासकिय अधिकृतकी श्रीमती रानी साहको टिकटकमा पोष्ट भएको सो भिडियो अहिले उनले हटाएकी छिन । मौलापुर नगरपालिकामा रहेको प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा सो भिडियो खिचिएको थियो ।
कार्यकक्ष भित्रै टिकटक लगायतका भिडियो बनाउनु कर्मचारीको आचारसंहिता विपरीत भएको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए । “कर्मचारीको मर्यादा विपरीत कुनै पनि गतिविधि कार्यकक्षमा गर्न पाइदैन ।” प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।
पदीय मर्यादाको दुरुपयोग गर्दै गरिने यस्ता आचारसंहिता विपरीतका कार्यमा सम्बन्धीत कर्मचारीलाई प्रदेश मुख्य सचिव, मुख्यमन्त्री कार्यालयले कारवाही गर्न सक्ने प्रावधान रहेको छ ।