कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
द नेपाल मिडिया
१८ श्रावण २०७९, बुधबार १३:४१
१८ साउन, कपिलवस्तु । आज बिहान भएको मोटरसाइकल दुर्घटना हुँदा कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक बाणगङ्गा २ का २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाणगङ्गा नगरपालिका २ पिपराको मेचकुरीबाट लखनचोकतर्फ आउँदै गरेको लु६४प ५७६२ नम्बरको मोटरसाइकल अचानक अनियन्त्रित भई रूखमा ठोक्किदाँ दुवै जनाको ज्यान गएको छ । घटनाबारे थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ ।






