आइतबारसम्म देशभर वर्षाको सम्भावना

   १३ श्रावण २०७९, शुक्रबार ११:११  

१३ साउन, रौतहट । आगामी आइतबारसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन संक्रिय रहेकोले आइतबारसम्म वर्षाको समभावना रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली भईरहने मौसमविदले जनाएको छ । देशका केही भू(भागमा चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ । यस्तै, भारी वर्षाको संभावना रहेको भू(भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।