आज थप ५६४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु
११ साउन, रौतहट । नेपालमा आज एकैदिन ५ सय भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ६४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा २ हजार ७ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, यो अवधिमा १ हजार ६ सय ७६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४६ जनामका एन्टिजेन संक्रमण देखिएको छ । त्यसैगरी, बितेको २४ घण्टामा २ सय २ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३ हजार ९ सय २९ कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, कोरोना भाइरस (कोभिड १९)को संक्रमणका कारण यो अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।






