आज ७ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गर्दैँ; प्रधानमन्त्री ओली

   २७ जेष्ठ २०७८, बिहीबार १२:५६  

२७ जेठ, रौतहट । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीमण्ड विस्तार गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार ७ मन्त्रीसहित १ राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् ।

ओलीले रिक्त रहेका उद्योग, वाणिज्य तथा आपूर्ति, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास, गृह,सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदपूर्ती गर्न लागेका हुन् ।

समाजिक संञ्जालमा लेख्दैँ, नियुक्त हुन लागेका मन्त्रीहरुलाई एमालेका नेता विष्णु रिजालले बधाई दिएका छन् ।

यसअघि जेठ २१ गते पनि प्रधानमन्त्री ओलीले जनता समाजावादी पार्टीको महन्थ ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेका थिए ।