पेट्रोलियम पदार्थको मूल्य लिटरमा दुई रुपैयाँले बढ्यो

   २३ जेष्ठ २०७८, आईतवार १०:५७  

२३ जेठ, रौतहट । नेपाल आयल निगमले बढाएको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू भएको छ ।

भारतीय आयल निगमले पठाएको मूल्य अनुसार १५ दिनमा १ अर्ब १० करोड घाटा हुने अवस्था आएपछि, नयाँ मूल्य सूचीअनुसार निगमले नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमका अनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रति लिटरमा दुई रुपैयाँले बढेको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको निगमले जानकारी दिए ।

त्यस्तै, आन्तरिक उडानतर्फको हवाइ इन्धनको भाउमा ७८ रुपैयाँ कायम गरिएको छ । खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने यथावत छ ।