दार्चुलामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना घाइते

   ६ श्रावण २०७७, मंगलवार १२:३२  

साउन ६, रौतहट । दार्चुलामा आएको पहिरामा पुरिएर दुईजनाको मृत्यु भएको छ । आइतबारदेखी नै भइरहेको अविलर वर्षाका कारण सोमबार राती पहिरोमा दुई जनाका मृत्यू भएको साथै तीनजना घाइते भएका छन ।

जिल्लाको मालिकाजुर्न गाउँपालिका ८ का स्थानिय अर्जुन द्र्जी र मिलन द्र्जी का पहिरोमा पुरिएर मृत्यु भएको छ । त्यस्तै पहिरोले पुरिएर घाइते भएकामध्ये सोही ठाउँकी लक्ष्मी परियार गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताए ।

लक्ष्मीका छोरा सुभम बिहान पहिरोबाट जोगिएर गाउँलेलाई खबर गरेपछि, उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले उद्धार गर्न पुग्दा दुईजनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी)पदमबहादुर बिष्टले जानकारी दिए ।

घाइते लक्ष्मीकी छोरी सोनियालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । अहिले घाइते लक्ष्मीकी छोरीका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।