जापानबाट नेपाललाई १६० वटा अक्सिजन जेनेरेटरकाे सहयाेग
२० जेठ, राैतहट । जापानले कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आज नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
विहीबार जापानी राजदूत किकुता युताकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
जसमा १ सय ६० वटा अक्सिजन जेनेरेटर रहेको मन्त्रालयले जनाएको छ ।
उक्त अक्सिजन जेनेरेटर देशभरका ५८ अस्पतालमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।
यसैगरी जापानले २५ वटा ब्लड ग्यास एनालाइजर र २५ पोर्टेबल अल्ट्रासाउण्ड डायग्नोस्टिक सिस्टम पनि अस्पतालमा जडान गर्नेगरी हस्तान्तरण गरेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।






