एफए कपको उपाधि लेष्टर सिटीलाई

   २ जेष्ठ २०७८, आईतवार ०८:१७  

२ ज्येष्ठ, राैतहट । लेष्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो ।

क्लब स्थापनाको १ सय ३७ वर्षे इतिहासमा लेष्टरले एफए कपको उपाधि जितेको यो पहिलो पटक हो ।

यसअघि लेष्टर चार पटक उपबिजेता भएको थियो । वेम्बली स्टेडियममा लेष्टरलाई जित दिलाउन युरी टियलमेन्सले ६३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।