कोरोनाका कारण दिल्लीमा थप एक साता लकडाउन हुने

   २६ बैशाख २०७८, आईतवार १५:०४  

२६ बैशाख, रौतहट । कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिएसंगै भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आज सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन् ।

दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ ।
गएका दुई(तीन दिनमा राजधानीमा संक्रमणको दर ३५ बाट २३ प्रतिशतमा झरेको छ, मुख्यमन्त्री केजरीवालले भनेका छन् ।

यद्यपी यसलाई अझै नियन्त्रण गर्नु पर्ने भएकाले लकडाउन खोल्ने बेला भइनसकेको उनको भनाइ छ ।
शनिबारमात्रै दिल्लीमा १७ हजार ३ सय ६४ जना नयाँ संक्रमित थपिएका थिए भने ३ सय ३२ जना संक्रमितले ज्यान गुमाएका थिए ।