आइसीएमआर र एम्सद्धारा भारतमा देशव्यापी लकडाउनको माँग

   २० बैशाख २०७८, सोमबार ११:४५  

२० वैशाख, रौतहट । भारतमा कोरोनाको दोस्रो लहरको चेन तोड्न लागि कोभिड टास्क फोर्सका सदस्यहरुले देशव्यापी रुपमा लकडाउनको माँग गरेका छन् ।

भारतमा तीब्र रुपमा बढ्दै संक्रमणकाे नियन्त्रणका लागि कोभिड टास्क फोर्सका सदस्यले सो लकडाउनको मागँ गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) जस्ता सदस्यमा समावेश छन् ।

भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो आँकडा करिब ५० देशमा भेटिएको केसभन्दा बढी हो ।

कोभिड टास्क फोर्सले माँग गरेको लकडाउनमा सरकारले सोमबार निर्णय लिनसक्ने भारतका स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुवै संस्थाका सदस्यले एक हप्तादेखि देशव्यापी लकडाउनको माग गरिरहेको बताइएको छ । आइसीएमआरले कोरोनाको दोस्रो लहरको घातक अवस्था अझ आउन बाँकी रहेको तर्क दिएको छ । संस्थाका अनुसार कोरोना संक्रमणको चेन तोड्नका लागि दुई हप्ताको पूर्ण लकडाउन आवश्यकता छ ।

हालसम्म केन्द्र सरकारले आइसीएमआर र एम्सको माँग प्रति कुनै निर्णय लिएको छैन । स्रोतका अनुसार केन्द्र सरकारले यसबारे मे ३ पनि निर्णय लिनसक्छ । संस्थाको भनाई अनुसार पूर्ण लकडाउन नभए पनि आंशिक लकडाउनको सरकारले घोषणा गर्ने अनुमान छ ।

हाल दिल्ली, राजस्थान, हरियाण, ओडिशाहरु राज्यमा पूर्ण लकडाउन छ । त्यस्तै महाराष्ट्र र पंजाबमा मिनि लकडाउन लागू गरिएको छ । युपीमा विकेन्ड लकडाउन छ भने मध्य प्रदेशमा ७ मेसम्मका लागि जनता कफ्र्यु लागुु गरिएको छ ।